बाढीपहिरोका कारण अलपत्र एक सय ६३ विदेशी पर्यटकको उद्धार
फाइल तस्बिर

Advertisement

काठमाडौँ । बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद  पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो ।

Advertisement

सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको उद्धार गरिरहेको छ । पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरिएको जनाइएको छ । सेलले वेभसाइटमार्फत पर्यटकका लागि हवाई सेवा र मौसमसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । 

यसै क्रममा बाढी पहिरोमा हराएका  भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको मन्त्रालयले जनाएको छ । यस्तै रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटकको पनि उद्धार गरेको छ ।

Advertisement

Advertisement