नाट्टाले पर्यटन व्यवसायीहरुलाई दियो डिजिटल मार्केटिङ तालिम

Advertisement

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले यूएसएड ट्रेड एण्ड कम्पेटिभ्निसको सहकार्यमा पर्यटन व्यवसायीहरुका लागि डिजिटल मार्केटिङ अन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ)  तालिम सम्पन्न गरेको छ ।

नाट्टा कार्यसमिति सदस्य एवम् तालिम संयोजक श्रद्धा जोशीको संयोजकत्वमा गत हालै पोखरामा एउटा तथा काठमाडौंमा दुई वटा तालिम सञ्चालन गर्दा १०० भन्दा बढी पर्यटन व्यवसायी कम्पनीका सहभागीहरु लाभान्वित भएको नाट्टाले जनाएको छ । 

Advertisement

उक्त तालिम मार्फत प्रविधिको उचित उपयोगसहित पर्यटकीय वस्तु तथा सेवाहरु लक्षित सेवाग्राहीसम्म सही ढंगले पुर्याउँदै अहिलेको प्रतिस्पर्धी बजारीकरण नीतिहरु अवलम्बन गर्न सिकाईएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिए । 
 

Advertisement

Advertisement