दशैं बिदाको बेला पनि हवाई सेवा नियमित रहने

Advertisement

काठमाडौं । दशैंको बिदाको दिनमा पनि हवाई सेवा नियमित भने नियमित रहने छ । 

नेपालीहरुको महान चाड दशैंको माहोलमा कोही गाउँमा, कोही काठमाडौं लगायत विभिन्न ठाउँ परिवार, साथीभाइसँग बसेर उत्साव मनाइरहेका छन् । तर धेरै जनाको दिमागमा आउने प्रश्न भनेको हवाई उडान हुने कि नहुने ? हवाई टिकट पाउने कि नपाउने भन्ने हुन्छ । 

Advertisement

तर चाडपर्वको बेलामा पनि हवाई उडान सेवा नियमित नै संचालन रहने वायुसेवा संचालक संघका प्रवक्ता मुरलीधर जोशीले बताउँछन् । 

उनले भने, ‘हामीले चाडपर्वको बेलामा पनि नियमित रुपमै यात्रुहरुलाई सेवा दिनेछौं । साथै सबै एयरलाइन्स कम्पनीहरुले आफ्नो उडान तालिका अनुसार नै उडान गर्ने छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर ६ सम्म आन्तरिकतर्फ आगमन र प्रस्थान उडान गरेर तीन हजार ७ सय ८८ वटा उडान भएको छ । एक हजार ४ सय ४९ वटा आगमन र प्रस्थान एक हजार ४ सय ६३ वटा भएका छन् । अन्तर्राष्ट्रियतर्फ आगमन र प्रस्थान उडान गरेर ७ सय ६६ वटा उडान भएका छन् । दुई सय ७४ वटा आगमन र दुई सय ७४ वटा प्रस्थान गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर ६ सम्म आन्तरिकतर्फ एक लाख ३९ हजार एक सय ८२ जना यात्रुहरुको आवगमन भएको छ । ६३ हजार एक सय ८२ जना यात्रु भित्रिएका छन् भने ७६ हजार यात्रुहरु बाहिएको शेर्पाले जानकारी दिए । 

त्यस्तै अन्तर्राष्ट्रिय तर्फा भित्रिने र बाहिने यात्रुहरुको संख्या ८२ हजार ७ सय ९२ रहेको छ भने त्यसमा ४६ हजार ४९ जना यात्रुहरु भित्रिए, ३६ हजार ७ सय ४३ जना यात्रु बाहिएको उनले बताए । 

Advertisement

Advertisement