यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमिय दर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरीददर १३४ रुपियाँ २१ पैसा र बिक्रीदर १३४ रुपियाँ ८१ पैसा कायम भएको छ । 

त्यस्तै, युरोपियन यूरो एकको खरीददर १४५ रुपियाँ ५४ पैसा र बिक्रीदर १४६ रुपियाँ १९ पैसा तोकिएको छ । जापानी येन १० को खरीददर आठ रुपियाँ ९५ पैसा र बिक्रीदर आठ रुपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपियाँ ८९ पैसा र बिक्रीदर १८ रुपियाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपियाँ ९७ पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ । 

Advertisement

Advertisement

Advertisement