सर्पोट लघुवित्तद्वारा १४.५० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ के नाफाबाट १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग ०.७२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुकान्त चौधरीले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार ९ सय ४० रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।  
 
 

Advertisement

Advertisement