छ वटा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीबाट जोगिए, रिलायन्स फाइनान्सलाई ११ हजार जरिवाना

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा बैंक तथा वित्तीय संस्था केन्द्रीय बैंकको रेड जोनमा परेका छन् । राष्ट्र बैंकले गरेको शुश्म अध्ययन तथा निगरानीका क्रममा तीनवटा विकास बैंकसहित चारवटा फाइनान्स कम्पनीहरुले वित्तीय कारोबारमा बदमासी गरेको भेटिएको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा नेपाल राष्ट्र बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण दुरुस्त नराख्ने र समयमा नै रिपोर्ट नबुझाउने सिन्धु विकास बैंक र सालपा विकास बैंकलाई केन्द्रीय बैंकले प्रथम पटक सचेत गराएको छ भने तोकिएको अधिकत ब्याजर अन्तर (स्प्रेड दर) ४.६० प्रतिशत कायम नगर्ने मितेरी डेभलपमेन्ट बैंकलाई पनि प्रथम पटक सचेत गराइएको छ ।

Advertisement

यसैगरी, नियम अनुसार संस्थाको वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण नराख्ने तथा विविध व्यवस्थापकीय त्रुटी गर्ने जानकी फाइनान्स, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडलाई पहिलोपटक सचेत गराइएको छ ।

तर, संस्थाले मिति २०८१ भदौ २३ गते देखि २०८१ असोज ०५ सम्म (पी०५) को अवधिमा नियामकीय
व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात नराख्ने रिलायन्स फाइनान्स लिमिटेडलाई भने राष्ट्र बैंकले नगद ११ हजार २२७ रुपियाँ ६५ पैसा जरिवाना गरेको छ । 

Advertisement

Advertisement