समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

Advertisement

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । 

म्यूनिक रि फाउन्डेसन, माइक्रो इन्स्योरेन्स नेटवर्क, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु बीमक संघको संयुक्त आयोजनामा उक्त सम्मेलन आजेदेखि काठमाडौंमा सुरु भएको हो । यो कार्यक्रम आगामी कात्तिक ९ गतेसम्म हुनेछ । 

Advertisement

म्यूनिक रि–इन्स्योरेन्स कम्पनी अन्तरगतको उक्त फाउन्डेशन र माइक्रो इन्स्योरेन्स नेटवर्कले हरेक बर्ष यस्तो सम्मेलन गर्दै आएका छन् । गत बर्ष ढाकामा यस्तो सम्मेलन गरिएको थियो । यसपाली नेपालमा सम्मेलन यो सम्मेलन गरिएको हो । यो ११ औं अन्तरराष्ट्रिय सम्मेलन हो । 

प्राधिकरणले आफ्नो बार्षिक कार्यक्रममै यसलाई समावेश गरेको थियो ।

कार्यक्रममा ५० भन्दा बढी देशका बीमा क्षेत्रमा आवद्ध चार सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता छ । मुख्यत बीमा सेवालाई समावेशी बनाउने गरि कार्यक्रममा छलफल गरेर निष्कर्ष निकालीनेछ छ । 

कार्यक्रमको पहिलो दिन समावेशी बीमा, मूल्य निर्धारण र जीवन बीमाका सेवा, बीमांकीय लगायतका बिषयमा छलफल भएका छन् । यस्तै, जलवायु स्मार्ट बीमा सम्बन्धी पनि छलफल हुँदैछ । बाँकी चार दिन पनि बिभिन्न बिषयमा छलफल गरिनेछ । 

प्राधिकरणले यो बाहेक गत असोज २१ देखि २३ गतेसम्म (अक्टोबर ७ देखि ९ तारिखसम्म) एसियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्न लागेको थियो । ‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुटर’ले हरेक बर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । गत बर्ष मलेसियामा यस्तो सम्मेलन भएको थियो ।

यसपाली भने नेपालमा गर्न लागिएको थियो । तर, पछिल्लो बाढी पहिरोका कारण त्यो स्थगित गरिएको छ । तर, समावेशी बीमा सम्बन्धी सम्मेलन भने स्थगित गरिएन । 
 

Advertisement

Advertisement