इन्टरनेट सेवाप्रदायक रेग्मी मिडिया इंकको लाइसेन्स खारेज

Advertisement

काठमाडौं । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनी रेग्मी मिडिया इंक प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएको रेग्मी मिडियाले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ । 

Advertisement

लाइसेन्स असोज २३ गतेदेखि खारेज भएको हो । 

साथै, प्राधिकरणले कम्पनीलाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमबारे ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । अन्यथा, कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

Advertisement

Advertisement