पुरानो नगद लाभांश लिन शेयरधनीलाई हिमालयन एभरेष्टको आग्रह

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ ।

साविक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको हो ।

Advertisement

सो अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐनअनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement