विन नेपाल लघुवित्तको २८ हजार संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

लुघवित्तले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि आंशिक मात्रै आवेदन परेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो शेयर जोकोही व्यक्तिले खरिद गर्न पाउनेछन् । 

इच्छुक खरिदकर्ताले ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा १३ साँगा, काभ्रेपलान्चोकमा आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोकबमोजिक हुने लघुवित्तले जनाएको छ । 
 

Advertisement

Advertisement