नागरिक लगानी कोषकाे नाफा ३० करोड, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नागरिक लगानी कोष (सीआईटी) को खुद गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा कम्पनीले ३० करोड ९ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २६ करोड ४८ लाख रुपियाँ थियो ।

Advertisement

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो । 

असोज मसान्तसम्म कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेर ११ करोड ९८ लाख रुपियाँमा सीमित भएको छ । गत आवमा कम्पनीले १२ करोड ४५ लाख रुपियाँ ब्याज आम्दानी गरेको थियो । 

पहिलो त्रैमासमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख पुगेको छ । त्यस्तै, कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख पुगेको छ भने कम्पनीको खर्च ९.१९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर  १९.८७ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ १५७.४२ रुपियाँ र मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।

Advertisement

Advertisement