काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको हो ।
हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै सो शेयर खरिद गर्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड ट्रेड टावर थापाथली काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
साथै ३५ दिनभित्र खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले बताएको छ।