काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । हिजो पनि बजार दोहोरो अंकले नै तल ओर्लिएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.१२ अंकले घटेको छ । ०.५१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३४.८३ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक, फाइनान्स, हाइड्रो र म्युचुअल फण्ड ०.४८ अंकले बढेका छन् ।
आज १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९.०८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाए ।
त्यस्तै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ८६ लाख ३३ हजार ११.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५, सोमबार २२.१४ अंकले बजार बढ्दा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १ सय २७.०९ रुपियाँ र हिजो मंगलबार ११.२४ अंकले बजार घट्दा ७ अर्ब ८५ करोड ९७ लाख रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।