काठमाडौं । स्टक बोकर्स एसोसिएसन अफ नेपाल (एसबान) र धितोपत्र क्रोकर्स एसोसिएसन नेपाल (डीबान) एक आपसमा मर्जर भएका छन् । यी दुई कम्पनीले बुधबार एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै मर्जर (एकीकरण) को घोषणा गरेका हुन् ।
सम्पूर्ण धितोपत्र व्यवसायी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको बृहत्तर हितका लागि बलियो व्यावसायिक संघ निर्माग गर्न दुई कम्पनीबीच एकीकरण गर्न लागिएको जनाइएको छ ।
दुई कम्पनी मर्जरका लागि स्टक ब्रोकर्स एसोसिएसनको तर्फबाट निबर्तमान अध्यक्ष सन्तोस मैनालीको संयोजकत्वमा कोषाध्यक्ष सदन पौडेल र सचिव सुयोग अधिकारी सम्मिलित तीन सदस्यीय समिति बनेको थियो भने धितोपत्र ब्रोकर्स एसोसिएसनको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुनन कमार मल्ल तथा सदस्य सन्दिप विक्रम राणा सहितको तीन सदस्यीय समिति बनेको थियो ।
सोही समितिले बनाएको मर्जर समझदारी र सम्झौता अनुसार बुधबार दुई कम्पनी एक भएको घोषणा गरिएको हो । सम्झौतापत्रमा दुईवटै कम्पनीका अध्यक्षहरुद्वयले हस्ताक्षर गरेका छन्।
यस्तो सम्झौताको व्यहोरा
१.३१ वर्षको लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी हरुको साझा व्यावसायिक संघको रुपमा निरन्तरता दिइने छ ।
२. धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहनुभएका सबै धितोपत्र दलाल व्यवसायीहरुलाई स्टक चोकर्स एसोसिएसन अफ नेपालले एक मुष्ट रुपमा सदस्यता प्रदान गर्ने छ ।
३.धितापत्र बोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अङ्गको रूपमा अगाडि बढाइनेछ ।
दुवै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) हरुलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने छ ।