तेस्रो दिन नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार पनि ७ अर्ब ८५ करोडमा झर्यो

Advertisement

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार र सोमबार गरी दुई दिनमा ८४ अंकमाथिले बढेको नेप्से सूचक तेस्रो दिनमा ११.२४ अंकले घट्दै २७ सय ४८.९६ विन्दुमा झरेको हो । 

आज ७ अर्ब ८५ करोड ९७ लाख रुपियाँ बराबरको एक करोड ४७ लाख ८६ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । अघिल्लो दिन २२ अंकले नेप्से बढ्दा ११ अर्ब ६ करोड ६१ लाख रुपियाँ माथिको कारोबार भएको थियो । 

Advertisement

आज सबैभन्दा बढी गुडवील फाइनान्सको २९ करोड २८ लाख रुपियाँ माथिको शेयर कारोबार भएको छ भने बेस्ट फाइनान्सको २९ करोड २५ लाख रुपियाँ र आखु खोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । 

आज फाइनान्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । 
१५७ कम्पनीको शेयर मूल्य घट्दा आज ८० वटा कम्पनीको मूल्य बढेको छ भने ७ वटाको स्थिर रहेको छ । 
 

Advertisement

Advertisement