सरकारको आलोचना बढ्दै गएपछि मानव तस्करीमा संलग्न मन्त्री पक्राउ

Advertisement

काठमाडौं । सरकारको आलोचना बढ्दै गएपछि मानव तस्करीमा मुछिएका कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । 

प्रहरीले विराटनगरस्थित निवासबाटै उनलाई आइतबार नियन्त्रणमा लिएको हो । तीन जना युवाहरुलाई १० देखि १३ लाख रुपियाँ रकम अशुलेर जापान पठाएको खुलेपछि सत्ताधारी दल नेकपा एमालेका नेतासमेत रहेका मन्त्री अधिकारीले राजीनामा दिएका थिए । 

Advertisement

उक्त घटना बाहिरिएपछि सरकारको व्यापक आलोचना भइरहेको छ । अधिकारीलाई बचाउन पक्राउ परेकाहरुबाट बयान फेर्न लगाइएको भन्ने कुरा समेत सार्वजनिक भएको छ । 

Advertisement

Advertisement