हिमालयन क्यापिटलको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  

सभाले आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । 

Advertisement

साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरियो । 

कार्यक्रममा आर्थिक वर्ष २०८०-८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका  भावी योजनाहरुबारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार ब्यक्त गरे । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement