काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजारमा आज दोहोरो अंकलको सुधार आएको छ । बजार उचालिंएसँगै सवा १० अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.९५ अंकले बढेको हो । ०.५१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७४८.७८ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढेसँगै बैंकिङ, विकास बैंक, होटल, हाइड्रो, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह बढेका छन् । बाँकी अरु भने राताम्मे भए ।
आज ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ ह्जार ४ सय ३६.२० रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रो, ङादी ग्रुप, माछापुच्छ्रे बैंक र कुुमारी बैंकको ऋणपत्रका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.७९, ९.५६ र ९.३८ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै रावा इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि जानकी फाइनान्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड २४ लाख ९९ हजार ३ सय ८९.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।