काठमाडौं । नेपालले आयरल्याण्डमाथि आठ विकेटको शानदार जित हात पार्दै यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाकामा शनिबार भएको खेलमा चार अंक जोडन सफल हुँदै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । शनिबार नै भएको खेलमा भारतले न्यूजिल्याण्डलाई १२० रनले पराजित गरेर चार अंक जोडन सफल हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सन् २००० पछि सेमिफाइनलमा अहिले पुग्न सफल भएको हो । सन् २०१० र २०१४ बाहेक अन्य सबै विश्वकपमा सहभागी भएको नेपाल अधिकांश खेलमा समूह चरणबाटै बाहिरिन बाध्य भएको थियो ।
अहिलेको खेलमा यसअघि नेपालले न्यूजिल्याण्डलाई ३२ रनले जित हात पार्दै आफ्नो विजय यात्रा सुरु गरेको थियो । दोस्रो खेलमा आयलल्याण्डमाथि जित हात पारेपछि अब सोमबार भारतसँग नेपालले खेल्नेछ ।
नेपालीहरु भारतसँग हुने खेललाई बढी उत्सुकता र अपेक्षाका साथ हेरिरहेका छन् । समान अंक जोडे पनि रनरेटका आधारमा भारत अगाडि छ भने समूह चरणबाटै बाहिरिएका न्यूजिल्याण्ड र आयरल्याण्ड अंकबिहीन छन् ।
आयरल्याण्डसँग भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।