काठमाडौँ: हिमालयन शेर्पाले ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलमा मंगलबार जावलाखेलमाथि ४-३ को रोमान्चक जित रचेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा अविनाश थापाले ह्याट्रिक गरेका थिए ।
उनी स्पर्धामा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । कम्प्तान दिवस उरावको गल्तीमा भएको दुई पेनाल्टीमा जावलाखेलले गोल गरेको थियो । एकपल्ट हातले पेनाल्टी क्षेत्रमा बल छोएको र अर्कोपल्ट फल गर्दा पाएका पेनाल्टीमा अरुज सिंहले गोल गरे ।
अरुजले ३१ औं मिनेटमा पहिलो र ६२ औं मिनेटमा दोश्रो गोल्ड गरेका थिए ।
हिमालयन शेर्पाका अविनाशले १० औं मिनेटमा गोलको खाता खोलेका थिए । २५ औं मिनेटमा दोश्रो गोल गरेका उनले पेनाल्टीमार्फत इन्जुरी टाइममा ह्याट्रिक पूरा गरेका हुन् ।