एजेन्सी: युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले उचालेको छ । यो उपाधि उसको लगातार दोश्रो उपाधि हो र अहिलेसम्म सो उपाधि लगातार दोश्रो पटक जित्ने टोलि समेत बनेको छ रियल मड्रिड।
शनिबार राति भएको फाइनल खेलमा रियलले इटालियन च्याम्पियन टोली युभेन्टस्लाई ४-१ गोल अन्तरले पराजित गरी उपाधि हात पर्न सफल भएको हो ।
गत सिजनको समेत विजेता रहेको रियलले यो समेत १२ औं पटक युरोपियन च्याम्पियन बन्न सफल भएको छ ।
रियलको जितका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने कासमेइरो र मार्को एसेन्सिओले एक-एक गोल गरे । रोनाल्डोले खेलको खेलको २० औं र ६४ औं मिनेटमा गोल गरेका थिए भने कासमेइरोले ६१ औं मिनेटमा र एसेन्सिओले ९० औं मिनेटमा गोल गरेका थिए ।
युभेन्टस्का लागि मारियो मान्जुकीले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । युभेन्टस यसअघि सन् १९९८ मा पनि फाइनलमा रियलसँग १-० ले पराजित भएको थियो ।
फाइनलमा दुई गोल गरेका रोनाल्डो प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने खेलाडी समेत बनेका छन् । साथै यसै खेलबाट उनले क्लब र पोर्चुगलको राष्ट्रिय टोलीबाट गरेको गोलको संख्या ६०० पु¥याएका छन् । रियलले केही दिन अघि मात्रै स्पेनिस ला लिगाको उपाधिसमेत हात पार्न सफल भएको थियो ।