इटहरीः इटहरी उपमहानगरपालिका–४ मा रहेको अग्र्यानिक रेस्टुरेन्टमा एक महिला सोमबार बिहान मृत अवस्थामा फेला परेको विषयलाई लिएर मंगलबार इटहरी तनावग्रस्त बन्यो ।
नेपाली सेनाका पूर्वजर्नेल एवम् संविधानसभामा नेकपा माओवादीका तर्फबाट साँसद बनेका कुमार फुदोङ्गको घर रहेको उक्त स्थानमा गोरखा आँबुखैरेनी घर भई सोमबार बिहान ८ बजेतिर आइपुगेकी २९ वर्षीया सजिता शाही ठकुरीको १० बजेतिर सोही रेस्टुरेन्टको पोखरीका डिलमा मृत अवस्थामा लास फेला परेको विषयले इटहरी तनाग्रस्त भएको हो ।
छ वर्षअघि रञ्जित थापामगरसँग प्रेम विवाह गरेर घर बाहिरै बस्दै आएका श्रीमान्–श्रीमती नै केही वर्षअघि सोही रेस्टुरेन्टमा काम गरेर बन्द भएपछि सुत्केरी हुने बेलामा काम छोडेकी शाही सोमबार बिहान अकस्मात त्यहाँ आएर केही समय बसेर घुम्न गएको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटना शङ्कास्पद भएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको अवस्थामा आक्रोशित भीडले पूर्वजर्नेल फुदोङ्गले नै हत्या गरेको आरोप लगाउँदै प्रहरीमाथि पक्राउ गरी कार्वाही गर्न दबाब दिँदै दिनभरि नै नारा, जुलुस र चक्काजामसमेत गरेका थिए ।अपराह्नतिर सडक आन्दोलन र इलाका प्रहरी कार्यालय घेराउपछि उक्त स्थानमा पुगेका आक्रोशित जत्थाले फुदोङ्गको घर तोडफोडसँगै ढुङ्गा प्रहार गर्दा घरको झ्यालको सिसा फुटेर फुदोङ्गको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।फुदोङ्गको घरमा ढुङ्गा प्रहार गर्ने र दिनभरि सडकमा तनाव सिर्जना गर्ने मध्येका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधखोज र छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । घटना शङ्कास्पद भएकोले घटनाका विषयमा गहन अध्ययन भइरहेको उनले बताए ।सोमबार विहान फुदुङ्गलाई भेट्न ८ः३० बजे कम्पाउण्डमा छिरेकी शाही १० बजेतिर पोखरीमा डुवेर मृत्यू भएको खबर प्रहरीले पाएर उनको शव निकालेको थियो । स्थानीयले फुदुङ्गनै घटनाको दोषी भएकाले उनलाई पक्राउ गर्नु पर्ने माग गर्दै आएका थिए ।तर प्रहरीले शवको पोष्टमार्टम र अनुसन्धान सँगसँगै अघि बढाइरहेको बखत मंगलबार दिउँसो स्थानीयको आक्रोसमा परी घाइते भएका हुन । तत्काल घटनास्थल पुगेको प्रहरीले फुदुङ्गको उद्धार गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारको लागि लगेको छ । प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर नल्याएको र दोषी पत्ता लगाउन अनुसन्धान प्रारम्भ नगरेको स्थानीयको गुनासो छ ।उनीले इलाका प्रहरी कार्यालय अघिल्तीर टायर बालेर प्रर्दशन समेत गरे । भित्र छिरेको डेढ घण्टामा पोखरीमा यूवतीको अर्धनग्न शव भेटिनु, फेरि तिघ्रामा निलडाम हुनु । पेन्टी राम्ररी मिलेको नहुनुले घटनामा फुदुङ्गको हात हुन सक्ने स्थानीयको भनाई छ ।किटानी जाहेरी लिएर अनुसन्धान प्रक्रिय अघि बढाउने सहमति भए पनि पीडितका आफन्तहरु र स्थानीय भएर फुदुङ्गमाथि आक्रमण भएको प्रहरीको भनाई छ ।फुदुङ्ले सञ्चालन गर्दै आएको रिसोर्ट अहिले बन्द भए पनि यसअघि सञ्चालन हुँदा मृतक शाही र उनका पति रञ्जित रानामगर सँगै काम गर्थे । यो रिसोर्ट इटहरी वडा नं. ४ मा पर्छ । सोही ठाउँमा फुदुङको घर पनि छ । बच्च हुने भएपछि दुवै जना काठमाडौं आए । पछि रञ्जित गोर्खा घर फर्किन तयार भए पनि परिवारले स्वीकार नगर्ने ठानेर शाही घर फर्किन मानिनन् ।विगत आठ महिनादेखि अलग अलग बस्दै आएका सुजिता र रञ्जितका एक छोरा छ । छोरा रन्जितसँगै बस्दै आएका थिए । एक साता अघि मात्रै विदेश जान राहदानी बनाउने भन्दै सुजिता गोर्खा पुगेकी थिइन । तर, एक्कासी त्यहाँबाट हिंगेकी सुजिता इटहरी पुगेकी थिइन ।
राससको समेत सहयोगमा