पुणेमाथि कोलकत्ताको जित, पुनः शीर्ष स्थानमा

Advertisement

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइटराइडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।

पुणेले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकत्ताले अन्तिम ३ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । कोलकत्ताको सुरुवात खराव थियो । ओपनर रोविन उथप्पा पहिलो बलमा नै एलबीडब्लू धरापमा परेका थिए ।

Advertisement

गौतम गाम्भीर पनि ११ रन बनाएर रन आउट भए, जतिबेला टिमको स्कोर ३१ थियो । तर, सूर्यकुमार यादवले महत्वपूर्ण पारी खेले । उनले ६० रन बनाए भने युसुफ पठानले ३६ रनको योगदान दिए । आन्द्र रसेलले १७ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि अजिन्क्या रहाणेले ६७ रन बनाए भने स्टिभ स्मिथले ३१ रन जोडे ।

जितसँगै कोलकत्ता ५ खेलबाट ८ अंकसहित अंक तालिकाको शीर्या स्थानमा छ । दोस्रो स्थानमा रहेको गुजरात लायन्सको पनि समान ८ अंक नै छ भने पुणे २ अंकसहित दोस्रो स्थानमा छ ।

Advertisement

Advertisement