भीमनारायण गोल्डकप फुटबलको उपाधि बिआरसी भुटानलाई

Advertisement

धनकुटा । बिआरसी भुटानले धनकुटामा सञ्चालित १२औँ सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हातपारेको छ । 

स्थानीय तल्लो टुँडिखेलमा शनिबार भएको फाइनल खेलमा गोधुली क्लब सुनसरीलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै भुटानले उपाधि हातपारेको हो । 

Advertisement

निर्धारित ९० मिनेटको खेलमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा विजयी टिम भुटानका बुद्ध तामाङ, मौसा वाल्लो, रूपेश केसी र सुमन लामाले समान एक÷एक गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् । 

यता गोधुलीका निराजन खड्का र हेमन्त थापामगरले गोल गरे । गोधुलीका प्रकाश बुढाथोकीले गरेको प्रहार पोलभन्दा माथिबाट बाहिरियो भने निशान्त राईको प्रहार खम्बामा ठोक्किएको थियो । 

उपाधिसँगै भुटानले दुई लाख नगद हातपा¥यो भने उपविजेता गोधुली क्लबले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोधुलीका पिटर घोषित भए भने सबैभन्दा बढी गोलकर्ता गोधुलीकै ह्याट्रिककर्ता मिलन राई बने । विजयी टिम भुटानका निदेश कार्की फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

विजयी टिम र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सांसद एवम् सहिद भीमनारायणका पुत्र मनोहरनारायण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । 

वैशाख १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा उपाधिका लागि दुई विदेशीसहित आठ टिमबीच प्रतिस्पर्धा भएको थियो । रासस 

Advertisement

Advertisement