बार्सिलोना छाड्नुको कारण सञ्चालक समिति: नेयमार

Advertisement

काठमाडौः नेयमारले बार्सिलोनामा खुसी हुन नसकेपछि आफु पेरिस सेन्ट जर्मेन(पिएसजी) आएको खुलाएका छन्।अगष्टको पहिलो साता बार्सिलोना छोडेर पीएसजी आउनुको कारण नेयमारले सोमबार पहिलोपल्ट बताएका हुन्।

आईतबार पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा टुलुज विरुद्ध भएको खेलमा टोलिको जितका लागि दुई गोल गरेका थिए । गोल गरेपछि सञ्चारकर्मीसगँ प्रतिक्रिया दिदै नेमारले आफू बार्सिलोनामा रहदा कहिल्यै खुशी हुन नसकेको बताएका थिए। उनले आफूले बार्सिलोना छाड्नुको कारण सञ्चालक समिती रहेको बताए ।

उनले बार्सिलोनामा सञ्चालक बाहेक अरू कोहीसँग त्यसो कुनेै नकारात्मक सोच र बेखुसी हुनुपर्ने कारण नभएको बताए। उनी १ सय ९८ मिलियन पाउण्डको विश्व कीर्तिमानी रकममा पीएसजी आएका हुन् ।

Advertisement

Advertisement

Advertisement