काठमाडौंः म्यानचेस्टर सिटीले एभर्टनसँग बराबरी खेलेको छ । रहिम स्टर्लिङले बेन्चबाट आएर ८२ औं मिनेटमा गोल गरेपछि सिटी हारबाट जोगिएको हो । स्ट्रलिङले बराबरी गोल गर्दै अधिकांस समय १० जना खेलाडिमा सीमित सिटीको संकट टारेका थिए ।
पहिलो हाफमा वायन रुनीले गोल गरेपछि एभर्टनले सुरुवाती अग्रता लिएको थियो । उसले बनाएको अग्रता जेगाउन नसक्दा सिटीसँग बराबरीमा रोकिनु परेको हो । रुनीले यस गोलसँगै प्रिमियर लिगमा दुई सय गोल पुर्याएका छन् ।
खेलमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएका थिए । पहिलो हाफको अन्त्यतिर सिटीका कायल वाल्कर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए । साथै एभर्टनका मोर्गन स्नाइडरलिनले खेल सकिन २ मिनेट बाँकी हुँदा दोस्रो पहेंलो कार्ड खाँदैं मैदान छाडेका थिए