साफ यू–१५ च्याम्पियनसिपः नेपाल र भारत आज भिड्दै

Advertisement

काठमाडौंः साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारत बिचको खेल सातदोबाटो स्थित एन्फा कम्पलेसको मैदानमा आज हुदै छ । नेपाल एक खेलअगाबै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । । भारतविरुद्ध जित निकाल्न सके नेपाल समूह विजेता बन्नेछ । भारतलाई भने समुहको शीर्षस्थानमा रहन बराबरी खेले पर्याप्त हुनेछ ।

माल्दिभ्सविरुद्ध जस्तै ४–४–२ को रणनीतिमा उत्रिएर भारतविरुद्ध जितको खोजिमा नेपाल मैदान उत्रने छ । आज हुने खेलमा केहिपरिर्वतन हुनसक्ने सम्भावना छ । माल्दिभ्सजिरुद्धको खेलमा रातो कार्ड खाएका रोसनको ठाँउ असिम गुरुङले लिने छन् ।

नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६–० गोल गरेको थियो । भारतले भने समूहको पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।

 

 

 

 

Advertisement

Advertisement

Advertisement