नेपाललाई २-१ ले हराउँदै भारत समूह विजेता

Advertisement

काठमाडौंः साफ यू१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल २-१ गोल अन्तरले पराजित भएको छ । नेपाललाई हराउँदै भारत समूह बीको विजेता बनेको छ भने नेपालले उपविजेतामा चित्त बुझाएको छ । खेलमा भारतले २७औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो ।

कप्तान विक्रम सिंहले सहज गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । नेपालले ४१औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान रोशन राना मगरले प्रहार गरेको पेनाल्टी रिबाउण्डमा रोशन आफैंले गोल गरे । खेलको ६५औं मिनेटमा भारतले पुन अग्रता लिदै खेल आफ्नो पक्षयमा पार्यो। भारतका लागी रवीबहादुर राणाले गिब्सन सिंहको फ्रिकिक हेडर गोल गरे ।

Advertisement

Advertisement

Advertisement