विमल उपचारका लागि बेल्जियम जाँदै, युरोपियन क्लवमा आवद्ध हुनेबारे पनि छलफल हुने

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर बुधबार बेल्जियम जाँदैछन् । भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन । 

बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइका क्रममा छलफल गर्ने उनले बताए । 

Advertisement

घुँडाको उपचारका लागि आफू बेल्जियम जान लागेको भन्दै विमलले २० दिनको युरोप बसाइँका क्रममा टे्रनिङका साथै आगामी सिजनका लागि त्यहाँको क्लबमा आबद्ध हुने सम्भावनाका बारेमा आफ्ना एजेन्टको सहयोगमा विभिन्न क्लबसँग छलफल गर्ने बताए । विमल आज साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । रासस 

Advertisement

Advertisement