भारतद्वारा साफ यू-१५ को उपाधि कब्जा, इतिहास रच्नबाट चुक्यो नेपाल

Advertisement

काठमाडौंः सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल यू-१५ साफ च्याम्पियनसीपको फाइनलमा भारतसँग हार व्यहोरेको छ । नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २-१ ले पराजित भयो । यो खेल जित हात पारेको भए नेपालले १५ बर्षभन्दा कम उमेर समूहको खेलमा नयाँ इतिहास बनाउन सफल हुन्थ्यो ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले दोस्रो हाफमा भने त्यसलाइृ निरन्तरता दिन सकेन । शारीरिक र प्राविधिकरुपमा बलिया भारतीय खेलाडीसामू नेपाली खेलाडी कमजोर देखिनए ।

नेपालले दुबै गोल कमजोर डिफेण्डस्को कारण खाएको थियो । अघिल्ला खेलमा जस्तै यस खेलमा पनि नेपाली खेलाडीले तालमेल मिलाउन सकेनन् । भारतका लालरोकिमाले ५९औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा फर्काए । बिक्रम प्रतापको गोलसँगै भारतले ७५औं मिनेटमा २-१ को अग्रता लियो । जुन गोल अन्तिम तथा निर्णायक पनि बन्यो । साथै, यस गोल पनि नेपाली डिफेण्डरको कमजोरी देखियो।

 

Advertisement

Advertisement

Advertisement