हात्तीको छावा आठौं राष्ट्रिय खेलकुदको 'मस्कट'

Advertisement

काठमाडौंः अर्को वर्ष हुने आठौं राष्ट्रिय खेलकुदका लागि मस्कट प्रतीक चिन्ह को घोषणा गरिएको छ । नेपालगन्जमा हुने प्रतियोगिताको लागि हात्तीको छावालाई मस्कट बनाइने भएको छ । सोमबार आयोजित कार्यक्रममा यस्तो निर्णय गरिएको हो । राष्ट्रिय प्रतियोगिताको प्रतीक चिन्हका रूपमा सार्वजनिक गरिएपछि हात्तीको छावा प्रवद्र्धनमा टेवा पुग्ने अनुमान गरिएको छ ।

राखेपले अन्तर्गतको तयारी समितिले पूर्वाधार अध्ययन कार्यदल गठन गरेको थियो । सोही कार्यदलले दिएको प्रतिवेदनअनुसार बैठकले लागत अनुमान गरेको हो । तयारी समितिको बैठकले मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदको तयारी र पूर्वाधार निर्माणका लागि ७० करोड र प्रतियोगिता आयोजनाका लागि ३५ करोड खर्च हुने अनुमान गरेको छ ।

तयारी समितिको बैठकले मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदको तयारी र पूर्वाधार निर्माणका लागि ७० करोड र प्रतियोगिता आयोजनाका लागि ३५ करोड खर्च हुने अनुमान गरेको छ । साथै बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ को मंसिर महिनामै सम्पन्न गर्न पुनः प्रतिबद्धता पनि जाहेर गरेको छ ।

Advertisement

Advertisement

Advertisement