म्यानचेस्टर सिटीका मालिकद्धारा ला लिगा अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने चेतावनि

Advertisement

एजेन्सीः ला लिगाका अध्यक्ष ह्याभियर टेबासविरुद्ध म्यान्चेस्टर सिटीका मालिकहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएका छन् ।

टेबासले म्यानचेस्टर सिटीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाएका थिए । उनले भनेका थिए सिटी र पेरिस सेन्ट जर्मेनले फुटबलभन्दा बाहिरबाट पैसा ल्याएर लगानी गरीरहेका छन् । उनले यस्ता कार्य बन्द गरिनुपर्ने तर्क राखेका थिए । साथै उनले सिटीका मालिकहरुले गत महिना ला लिगा क्लब जिरोनाको ४४ दशमलब ३ प्रतिशत शेयर खरिद गरेर सिटीबाट खेलाडी लोनमा लिँदै कानुन मिचेको पनि आरोप लगाए ।

तर सिटीले भने टेबासको अभिव्यक्ति गलत र कपोकल्पित रहेको बताएको छ । सिटी फुटबल ग्रुपले यस गम्भिर विषयको उपयुक्त कानुनी उपचारको परामर्श गरिरहेको जनाएको छ । सन् २००८ मा अबुधावी युनाइटेड ग्रुपले सिटीलाई खरिद गरेको थियो । त्येतीलाको ट्रान्सफर विन्डोमा क्लबले २१ दशमलब ५ करोड पाउण्ड खर्चेको थियो ।

‘हामीलाई टिभीबाट थप रकम चाहिएको छ, नत्र तेलबाट आएको पैसाबाट म्यान्चेस्टर सिटीले यहाँका सबै खेलाडीहरु किनेर लैजाने छ,’ बुधबार म्यान्चेस्टरमा आयोजित सकरेक्स कन्फरेन्समा टेबासले भनेका थिए ।

युरोपियन फुटबलको नियामक निकाय युइएफएले अहिले सिटीमाथि कुनै आर्थिक अनुसन्धान नगर्ने बताइ सकेको छ । फ्रेन्च फुटबल लिगले पनि टेबासको आलोचना गरीरहेको छ ।

Advertisement

Advertisement

Advertisement