चितवनः चितवनमा जारी प्रथम ई–प्लानेट जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगीतामा सिधै क्वाटर फाइनलबाट खेलेको मनाङ–मस्र्याङदी क्लबले बिहीबार झापालाई हराउँदै सेमिफाइनल पुगेको छ । झापा ११ लाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै मनाङ सेमिफाइनल पुगेको हो । दर्शकको गतिल्लो साथ पाएको झापाले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
सुजल श्रेष्ठको गोलसँगै खेलको २८ औं मिनेटमा झापाले सुरुवाती अग्रता लिएको थियो । खेलको ६० औं मिनेटमा पेनाल्टी गोलसँगै झापाले खेल बराबरीमा ल्याएको थियो । झापाकालागी कर्ण लिम्बूले गोल गरेका थिए । खेलमा दुवैटोलीले गोल गर्ने अवसर खेर फ्याकेका थिए ।
बराबरीपछि टाइब्रेकरमा गएको खेलमा सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ, विमल बस्नेत र डोना थापाले मनाङका लागी गोल गर्न सफल भए । झापाबाट कर्ण लिम्बू, बुद्ध चेम्जोङ, रवि थापामगरले गोल गरे तर दिलेन लोक्तानको प्रहार विफल भयो । मनाङले शनिबार हेटौंडाको विजय युथ क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।