नेपालमा पहिलोपटक अन्तर्राष्ट्र्रिय ‘ह्वीलचियर वास्केटवल’ प्रतियोगिता हुँदै, मह जोडी ‘ब्राण्ड एम्ब्यासडर’

Advertisement

काठमाडौंः नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्गमैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तर्राष्ट्रि«य ह्वीचियर वास्केटवल प्रतियोगिता गर्ने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरेर आउँदो कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म यो प्रतियोगिता गर्न लागेको हो ।

संस्थाकी अध्यक्ष गायत्री दाहालले अपाङ्ता भएका मानिसहरुले केही गर्न सक्दैनन् भन्ने समाजमा भ्रम रहेकोले त्यसलाई चिर्न यस्ता प्रतियोगिताले सहयोग गर्ने बताइन । संस्थाका महासचिव ऋषि ढकालले नेपाल लगायत भारत, बंगालादेश र पाकिस्तानबाट प्रतियोगीहरु भाग लिने यस प्रतियोगितामा वरिष्ठ हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘ब्राण्ड एम्ब्यासडर’ को रुपमा उपस्थित हुने बताए ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रोे हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उक्त प्रतियोगितामा चार पुरुष समुह र दुई महिला समुह गरी जम्मा छ वटा टिमले भाग लिने आयोजकले जानकारी दिएको छ।

 

Advertisement

Advertisement

Advertisement