काठमाडौंः ट्याक्सिमा जडान हुने मिटरको कर छलि गरी बिक्रि वितरण गर्दै आइरहेका दोलखाका धिरेन्द्र फुयाललाई प्रहरिले सोमबार प्रक्राउ गरेको हो ।
विगत केहि समययता विदेशबाट कार्गो मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि नेपालमा ल्याएका ट्याक्सिमा जडान हुने मिटरहरु बिक्रि गरेको बिशेष सूचना प्रहरिले पाएको थियो । यसै सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले इजि वे इलेक्ट्रोनिक इन्टरप्राइजेज् बसन्तनगरका संचालक फुंयाल प्रक्राउ गरेको हो ।
प्रहरिले भन्सार छलि ल्याएका ट्याक्सिमा जडान हुने बिभिन्न सिरियल नम्बरका मिटरहरु करिब बाईस लाख चालिस हजार रुपियाँ बराबरको थान बरामद गरेको छ ।