एजेन्सीः साबिक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको ट्रफि उचाल्ने अभियानका साथ लिग सुरु गर्दै छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले पहिलो उपाधि जित्नकै लागि कीर्तिमानी रकम खर्च गरेर विश्वस्तरीए खेलाडी भित्र्याएको छ । बार्सिलोना आफ्ना विगतका गल्तीहरु सुधार्दै सिजन सुरु गर्दै छ । अहिलेसम्मकै सबैभन्दा धेरै ६ बेलायती क्लबहरु युरोपियन च्याम्पियन्स लिग मंगलबारदेखि सुरु गर्दैछन् । बायन म्युनिख र जुभेन्टुअसले पनि लिगमा चुनौतिका साथ प्रतिशप्रर्धा गर्ने छन् ।
यहिकारण अपेक्षा गरिएको छ कि यस सिजनको च्याम्पियन्स लिग अहिलेसम्मकै प्रतिस्पर्धात्मक र रोचक हुनेछ । च्याम्पियन्स लिगको सन् १९९२ को सिजनयता लगातार ट्रफी जित्ने इतिहास बनाएको रियल मड्रिडले त्यसअघि नै इतिहास बनाइसकेको थियो । त्यस दिशामा रियल मड्रिड अहिलेसम्म सकारात्मक देखिएको छ, सायदै कुनै टोली च्याम्पियन्स लिगको सिजनमा यति बलियो दावेदारको रुपमा देखिएको छ । क्लबका सुपरस्टारहरु भविश्यको सफलताका लागि अहिले योजना बनाइरहेका छन् ।
जिदानको कार्यकालको सफलता अहिलेसम्मका ट्रफीका आधारमा मात्र मापन गर्न सकिन्छ । जिदानले रोनाल्डो, टोनी क्रुज, लुका मोड्रिड, सर्जियो रामोसपछि इस्को, एसेन्सियो र अन्य स्टारहरु समेटेर टिम सेट गर्दैछन्, जसको भविश्य अहिले उज्वल देखिएको छ । रियल मड्रिड अन्तर्राष्ट्रिय खेलाडी ट्रान्सफरमा महंगा ट्रान्सफर कीर्तिमानबाट हात झिकेको हो भने, उसको स्थान लिने गरी कुनै क्लब अगाडि बढेको छ भने त्यो हो पेरिस सेन्ट जर्मेन(पीएसजी) ।
नेइमारको पीएसजी जाने हस्ताक्षरले विश्व फुटबलमै सनसनी मच्चाइरहेको छ । यसले फ्रान्सेली जायन्टका लागि एक नयाँ चुनौतिका रुपमा महशुस गरिएको छ । कतार स्पोर्टस इन्भेस्टमेन्टले क्लबको स्वामित्व लिएपछि पीएसजीले हासिल गर्न बाँकी उपलब्धी केहि छ भने त्यो हो च्याम्पियन्स लिगको उपाधि हो । नेइमारलाई अनुबन्ध गरिसकेपछि र फ्रान्सका अहिलेका सबैभन्दा उत्कृष्ट स्ट्राइकर केलिन एमबाप्पेलाई मोनाकोबाट भित्र्याएपछि पिएसजीको अग्रपंक्ति विश्वमै उत्कृष्ट भएको बताइन्छ । तर, यो समीकरण बिल्कुलै नयाँ हो, ब्राजिली युवा, फ्रान्सेली किशोर र भेट्रान एडिसन काभानी । पहिलो सिजनमा उनीहरुको समन्वय कस्तो हुन्छ हेर्न बाँकी नै छ ।
यसमा केहि संका छैन कि विश्व फुटबलमा यी तीन स्ट्राइकरले तहल्का पिट्दैछन् । जसरी ज्लाटन इब्राहिमोबीच हुँदा उनीले त्यो भोग्न बाध्य भएका थिए त्यसरी काभानी छायाँमा पर्नेछन्, केहि मानिसको चिन्ता छ । तर, नेइमार र एमबाप्पे दुवै वाइड एरियाबाट एट्याक गर्न रुचाउँछन् । तर एमबाप्पेले मोनाकोका टिममेट फाविन्होलाई निक्कै मिस गर्नेछन् । किनभने पीएसजीमा सायद मिडफिल्डमा अपेक्षाकृत मिडफिल्डरको अभाव छ । केभिन ट्र्याप हुन् या अल्फान्स एरोलिया नै किन नहुन्, उनीहरु वास्तविक पोजिसनमा देखिन्नन् । गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाले यही कमजोरीको फाइदा उठाउँदै धावा बोलेको थियो ।
गत सिजन अन्तिम १६ मा पीएसजीलाई ध्वस्त बनाएपछि पाएको वाहीवाहीको सजाय बार्सिलोनाले नेइमारलाई गुमायो । त्यस जित पछिल्लो वर्षमा उसले प्रयोगमा ल्याएको सामूहिक गेमका कारण नभई नेइमारको एक्लो प्रयासका रुपमा बुझियो ।नेइमार क्लबमा रहन चाहेनन्, त्यस्तै क्लब म्यानेजमेन्टले पनि विश्वास गुमाउन पुग्यो । लियोनल मेस्सीले अहिलेसम्म प्रस्तावित नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्, अर्को समरमा उनको सम्झौता सकिँदैछ । निक्कै दबावमा देखिएका क्लबका अध्यक्ष जोसेप बार्टोमेउले दाबी गरेका थिए कि आन्द्रेस इनिएष्टा नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार थिए, तर महान मिडफिल्डरले सार्वजनिक रुपमै इन्कार गरे ।
खराव म्यानेजमेन्ट र खेलाडी अनुबन्धमा खराव निर्णयका कारण बार्सिलोना आलोचित भइरहेको छ । यस सिजन नेल्सन सेमेडोजस्ता प्रतिभाशाली राइट ब्याक, मिडफिल्डमा पाउलिन्होको अनुबन्धले उसका केहि छिद्र पुर्ने प्रयास गरेको छ । पाउलिन्हो तिनै खेलाडी हुन्, जो टोटनहृयामका सुपर फ्लप भएका थिए । बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ओस्मेन डेम्बेलेलाई नेइमारको स्थानमा भित्र्याएको छ । आफ्ना पुस्ताका उत्कृष्ट प्रतिभाका रुपमा रहेका १९ वर्षे कीशोरलाई विश्व उत्कृष्ट खेलाडीको दावेदारको रुपमा लिइन्छ ।