काठमाडौंः प्रहरीले बाधको छालासहित एक जनालाई बुढानिलकण्ठको गणेश चोकबाट प्रक्राउ गरेको छ । पक्राउ पर्ने सुर्खेतको चिसापानी घर भई हाल कैलालीको बलिया–५ मा बस्ने ६३ बर्षीय प्रेमबहादुर शाही हुन । बाघ संरक्षित वन्यजन्तु हो ।
उनलाई बाघको छाला एक थानसहित आवश्यक कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीको अपराध अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । संरक्षित वन्यजन्तुको चोरी शिकारी वा कारोबार गर्नु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटीएस महासन्धी, १९७५ विरुद्धको अपराध हो ।
यस्तो अपराधमा संलग्नलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना वा पाँचदेखि १५ बर्ष कैद वा दुवै हुनसक्ने कानुनी व्यवस्था छ ।