काठमाडौंः अखिल नेपाल फुटबल संघ(एन्फा) को कार्यसमिति बैठकले बिहीबार थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख रुपियाँ दिने निर्णय गरेको छ । तर बैठकमा दोषीलाई कारबाही गर्ने निर्णय भने गरीयको छैन् ।
एन्फाको अघिल्लो बैठकमै सबै सदस्य थ्रीस्टारलाई क्षतिपूर्ति दिन सहमत भएका थिए । तर केहि पक्षले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेपछि बैठन निर्णयमा पुग्न सकेको थिएन । असोज २४ को विषेश साधारणसभाबाट अनुमोदन भएपछि थ्रीस्टारलाई क्षतिपूर्ति दिइने एन्फाले जनाएको छ ।
एन्फाले टिम दर्ता नगर्दा थ्रीस्टार एएफसी कप छनोटको प्ले–अफ खेल्नबाट वन्चित भएको थियो । त्यसपछि उसले ६ करोड रुपियाँ क्षतिपूर्ति माग गर्दै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एन्फामा निवेदन दिएको थियो । त्यसयताका क्लबले सबै प्रतियोगिता बहिष्कार गर्दै आएको छ ।