माइक्रोओभनभित्र लुकाएर तीन किलो सुन ल्याउने सिंगापोरियन नागरिक पक्राउ

Advertisement

काठमाडौँ ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मंगलबार राती साढे ३ किलोसुनसहित  एक भारतीय मुलका सिंगापुरका नागरिकलाई पक्राउ गरेको छ।
 
सिंगापुका नागरिक मारुगाइयन सेल्भमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

मालिन्दो एयरबाट मलेसिया हुँदै नेपाल आएका उनले माइक्रो ओभनभित्र सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

पहिले सुरक्षा जाँचबाट निस्किएर बाहिर आउँदा प्रहरीले उनको सामान शंका लागेर हेर्दा उसको ह्यान्डब्याग बाट पहिले एक किलो अनि अरु थप उसको लगेजबाट जफत गरिएको प्रहरीले बताए ।

Advertisement

Advertisement