एजेन्सीः रियल मड्रिड ला लिगामा रियल बेटिस सँग पराजित भएको छ । एन्टोनिओ सानाबारियाले अन्तिम समयमा गरेको गोलको मदतमा बेटिसले बेर्नाबाउमा १९ वर्षपछि मड्रिडविरुद्ध जित हात पारेको हो । मड्रिडको यस सिजनको यो पहिलो हार हो ।
बुधबार राति भएको खेलमा मड्रिड बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा रियल हावी भए पनि गोल गर्न भने सकेन् । हारसँगै मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ७ अंकले पछाडि छ । बार्सिलोना ५ खेलबाट १५ अंक छ भने रियल ८ अंकसहित सातौं स्थानमा छ ।