काठमाडौं । कोपा अमेरिका कप फुटबलमा बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समूह डीको विजेता बन्न सफल भएको छ । उसले अब क्वार्टरफाइनलमा भेनेजुएला प्रतिद्वन्दी पाएको छ ।
बुधबार विहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेसंगै भेनेजुएला प्रतिद्वन्द्वी पाएको हो ।
बाशिङटनस्थित सेल्न्चुरीलिंक फिममा भएको खेलमा अर्जेन्टिनाले १३ औं मिनेटमा लमेलाको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै लाभाजीले अग्रता दोब्बर पारे ।
३२ औं मिनेटमा डिएगो कोस्टाले गोल गरे र पहिलो हाफमा अर्जेन्टिनालाई ३-० गोलको अग्रता दिलाए । दोस्रो हाफको सुरुमा नै हिगुइनको स्थानमा मेस्सी मैदान प्रवेश गरे । तर, उनी गोल गर्न असफल रहे ।
समूह चरणको तीन वटै खेल जितेको अर्जेन्टिना समूह विजेता बनेको छ । बुधबार विहान भएको समूह चरणको अन्तिम खेलमा पेनामामाथि ४-२ को जित हात पारेको साविकको विजेता चिली समूह डीको उपविजेता बनेको छ ।
यससागै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । पहिलो क्वार्टरफाइनलमा अमेरिका र इक्वेडर भिड्नेछन् । पेरुले कोलम्बिया प्रतिद्वन्द्वी पाएको छ । मेक्सिीको र चिली अन्तिम क्वार्टरफाइनलमा भिड्नेछन् ।