काठमाडौं । प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ३५ किलो लागू औषध चरेससहित दुई जनालाई आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा डुमरवाना– ४ का साइमन तामाङ र नुवाकोट बुमङताङका धनबहादुर तामाङ छन् ।
उक्त परिमाणको चरेशमध्ये ३० किलो झोलामा इट्टा आकारको श्ल्याब बनाएर र पाँच किलो बुद्धको प्राथना कितावमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको छ । प्रहरीले लामो समयदेखि सुराकी परिचालन र सुचना विश्लेषणका आधारमा निगरानी गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
पक्राउ परेकामध्ये साइमन यसअघि पक्राउ परेका लागू औषध कारोबारी पूर्ण तामाङको भाई पर्ने रहेको र पूर्णले नै उसलाई पटक पटक उक्त कारोबारको लागि थाइल्याण्ड पठाउने गरेको प्रहरीको भनाई छ । साइमनले यसअघि भारतको सिलगुढीमा समेत चरेस पुर्याएको खुल्न आएको छ ।