नेयमारलाई क्लब भित्र्याउने रियलको चाहना

Advertisement

एजेन्सीः स्पेनिस क्लब रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलीयन स्टार नेयमारलाई रोनाल्डोको स्थानमा क्लब भित्र्याउन चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यका अनुसार क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारका बुबालाई भेटेर छलफल गर्दै रोनाल्डोको करार सकिएपछि क्लब भित्र्याउन चाहेको बताइको हो । नेयमार यही सिजनमा बार्सिलोनाबाट पीएसजी गएका थिए । उनी विश्वकिर्तिमानी रकम १९.८ करोड पाउण्डमा पेरिस गएका हुन् । पीएसजीमा नेयमारले आफ्नो प्रभुत्व जमाउँदै १२ खेलमा ११ गोल गरिसकेका छन् ।

एक स्पेनिस पत्रिका अनुसार क्लब र नेयमारका बुबाबीच नेयमार पुनः स्पेन फर्किने विषयमा छलफल भएको बताइएको छ । रियलले सन् २०१३ मै नेयमारलाई सान्तोषबाट अनुबन्ध गर्न चाहेपनि उनले बार्सिलोनालाई रोजेका गरेका थिए । चार वर्ष बार्सिलोनामा रहेरनेयमारले च्याम्पियन्सका साथै अन्य थुप्रै उपाधि जितेका थिए । रियलले नेयमारलाई बर्नेबाउमा स्वागातको लागि तयार रहेको बताइएको छ ।

तर, त्यो अनुबन्ध सन् २०२१ मा रोनाल्डोको करार सकिएपछि मात्र सम्भव हुने पत्रिकामा उल्लेख गरिएको छ । नेयमार प्रेरित पीएसजीले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा चारको अंकको अग्रता बनाइ रहेको छ । साथै, बायर्न म्युनिखजस्तो टोलीलाई हराउँदै च्याम्पियन्स लिगको समूह चरणको सबै खेल जित्दै टोली समूहको शीर्ष स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement