राइनो गोल्डकपको उपाधि संकटा क्लबलाई

Advertisement

नवलपरासीः नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौं विजयी भएको हो ।

निर्धारित समयसम्म दुवै समूहबाट एक÷एक गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’मा धकेलिएको थियो ।खेलको ७१ औं मिनेटमा एपिएफका हरि कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ७६ मिनेटमा संकटाका मार्टिन अजाजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलमा थप गोल हुन नसके पछि ट्राइबेकरमा धकेलीएको थियो । ट्राइबेकरमा समेत चार÷चार गोल भएपछि खेल ‘सडन डेथ’मा प्रवेश गरेको थियो । सडन डेथमा एपिएफका टोप विष्टको प्रहार संकटाका गोल रक्षक विनय श्रेष्ठले रोकेका थिए । गोल हुनबाट जोगाएपछि संकटाले उपाधि रक्षा गर्न सफल भएको हो । संकटाले नगद पाँच लाख २५ हजार ५५५ रुपियाँ र प्रमाणपत्रका साथ एक दिनको होम स्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने अवसर पाएको छ ।

साथै उपविजेताले नगद दुई लाख ५० हजार ५५५ रुपियाँ, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभागीय टोली र ‘ए’ डिभिजनका क्लब टोलीहरु समावेश रहेका थिए ।

Advertisement

Advertisement

Advertisement