एजेन्सीहरु । यूरो कप २०१६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले आइसल्याण्डलाई ५–२ ले हराउँदै सेमिफाइनलमा पुगेको छ । अब फा्रन्सको भिडन्त जर्मनीसँग हुनेछ । सोमबार बिहान भएको खेलमा फ्रान्सले ४–० ले अग्रता लिएकोमा अन्तिममा आइसल्याण्डले २ र फ्रान्सले १ गोल थपेका हुन ।
खेलको १२औं मिनेटदेखि फा्रन्सले गोल गर्न सुरु गरेको थियो । फा्रन्सका जिराउडले खाता खालेका थिए । समूह चरणमा पोर्चुगललाई बराबरीमा रोकेको आइसल्याण्डले प्रिकवाटरफाइनलमा इंग्ल्याण्डलाई हराएर क्वाटरफाइनलमसम्मको यात्रा गरेको थियो ।
लगातार गोल खाँदै गएको आइसल्याण्डले अन्तिममा २ गोल गरेर इज्जत जोगाउन सफल भएको छ । खेलको सुरुदेखि फ्रान्सको दबाबमा परेको आइसल्याण्डले खेलको पहिलो आफमै ४ गोल आइसकेको थियो । दोस्रो हाफमा आइसल्याण्ड खेलको रणनीतिमा परिवर्तन गरेको थियो ।
खेलको २०औं मिनटमा पोग्वाले दोस्रो गोल, ४३औं मिनटमा पायटले तेस्रो गोल, ४५औं मिनटमा ग्रिजमेनले फा्रन्सलाई चौथो गोल दिलाएका थिए । खेलको ५६औं मिनटमा आइसल्याण्डका सिग्थोर्सनले गरे पनि तीन मिनटपछि नै फ्रान्सले अर्को एक गोल थप्यो । फा्रन्सका जिराउडले ५९औं मिनटमा अर्को गोल गरे । खेलको ८४औं मिनटमा आइसल्याण्डका विर्जनाशनले एक गोल थपेका थिए ।
आफ्नो टिमले गोल गर्न सफल भएपछि आइसल्याण्डका समर्थकहरुले ताली बजाएर ठूलो समर्थन र हौसला दिएका थिए । खेलको म्यान अफ द म्याच फ्रान्सका ग्रिजम्यान भएका छन् । जर्मनीसँग पटक पटक हार व्यहोर्दै आएको फा्रन्सको अबको खेल के हुने भन्ने सबैलाई चासो बनेको छ ।
यसअघि सन् १९८६, १९८२ मा भएका विश्व कप खेलमा फ्रान्स जर्मनीसँग पराजित भएको थियो । यद्यपि त्यसको प्रत्यक्ष असर आगामी बिहीबार दुई टिमबीच हुने खेलमा पर्छ नै भन्ने छैन । फ्रान्सले आइसल्याण्डलाई पाँच गोल गरेर जर्मनीको चुनौति सामना गर्न आफू सक्षम रहेको सन्देश दिएको छ ।