एएफसी कप छनोटः फिलिपिन्सविरुद्ध खेल्ने नेपाली खेलाडी यस्ता छन्

Advertisement

काठमाडौंः सातदोबाटो स्थित एनफा कम्प्लेक्समा हुने एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध हुने खेलका लागि अन्तिम नेपाली टोलीको घोषणा भएको छ । मंगलबार हुने खेल खेलेका तीन खेलाडी परिवर्तन भएपनि २४ खेलाडी छनोट भएका छन् ।

टोलीमा चोटका कारण देवेन्द्र तामाङका साथै आदित्य चौधरी अटाएनन् भने एलन न्यौपाने पनि टोलीमा परेनन् । तर, टोलीमा गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर जगजित श्रेष्ठ र कप्तान अनिल गुरुङले पुनरागमन गरेका छन् । अनिलले यस खेलबाट ५० क्याप पुरा गर्दै सन्न्यास लिनेछन् ।

नेपाली टोलीका खेलाडी यसप्रकार रहेका छन्ः गोलकिपरमा किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु । डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ र राजेन्द्र रावल रहेका छन् । साथै मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ छन् । भने फरवार्डमा कप्तान अनिल गुरुङसँगै नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, विमल घर्ति मगर र जर्ज प्रिन्स कार्की छन् ।

नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement