इतिहास रच्दै नेपाल पहिलो पटक यु-१९ एसिया कपको सेमिफाइनल

Advertisement

काठमाडौंः नेपाल पहिलो पटक एसीसी यु-१९ एसिया कप अन्तर्गत समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतलाई बंगलादेशले ८ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समुहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि नेपालले समूहको आफ्नो अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । जितसँगै बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले इतिहासमै पहिलो पटक एसिया कपको सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो भने बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । डिफेन्डीङ च्याम्पियन भारत भने हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

Advertisement

Advertisement

Advertisement