चर्चित फुटबर्लर मेस्सीलाई २१ महिनाको जेल सजाय, दुई मिलियन यूरो जरिवाना

Advertisement

एजेन्सीहरु । स्पेनको एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबर्लर लिओनल मेस्सीलाई २१ महिनाको कारावास सजाय सुनाएको छ ।

बार्सिलोनाको अदालत मेस्सीसँगै उनका बाबुलाई पनि समान जेल सजाय सुनाएको हो । अदालतले कर छलीका विभिन्न तीन मुद्धामा उनीहरुले सजाय सुनाएको हो । साथै, अदालतले मेस्सीलाई दुई मिलियन यूरो र उनका बाबुलाई डेढ मिलियन यूरो जरिवाना पनि सुनाएको छ । 

Advertisement

उनीहरुलाई २००७ देखि २०००९ सम्म चार मिलियन डलरभन्दा बढि कर युरो नतिरेको जनाइएको छ । अदालतले त्यस्तो फैसला सुनाए पनि स्थानीय कानुनअनुसार मेस्सीको आपराधिक अभिलेख नभएकाले उनी जेल जानु नपर्ने जनाइएको छ ।

प्रतिलिपि अधिकारबाट आएको पैसा कर नतिरी अन्य मुलुकमा राखेको उनीहरुलाई अभियोग लागेको छ । तर मेस्सीले यसबारे आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । उनलाई यस फैसलाविरुद्ध पुनरावेदन गर्नसक्ने अधिकार रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

Advertisement

Advertisement