विस्फोटक पदार्थ बोकेर राजधानी छिर्दै गरेका दुई भारतीय पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले शुक्रबार बिहान दुई भारतीय नागरिकलाई बम बनाउन प्रयोग हुने बारुदसहित नेपाल भित्र्याउन्दै गरेको अवस्थामा धादिङबाट पक्राउ गरेको छ।

धादिङको खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेको केन्द्रिय प्रहरीको समाचार शाखाले जनाएको छ ।प्रहरीका अनुसार उनीहरु काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना ७ ख ४९७६ बसमा सवार थिए ।

विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका भारतीएको नाम भने प्रहरीले खुलाएको छैन । "हामी अझै उनीहरुबाट केहि कुराहरु पत्ता लगाउने कोसिसमा छौँ त्यसैले अहिले नै उनीहरुको नाम उल्लेख नगरौं," नेपाल प्रहरीका केन्द्रिय प्रबक्ता मनोज न्यौपानेले भने ।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनले सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement