सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश

Advertisement

काठमाडौं । सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको हो । 

यसअघि छैटौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश थियो । यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ । सातौँ खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई तोकिएको छ ।

Advertisement

राखेपले सातौँ राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने यसअघि निर्णय गरिसकेको छ । बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौँ राष्ट्रिय खेलकुद स्थगन भएको थियो ।

 

Advertisement

Advertisement